logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मकवानपुरका ५० जना स्वास्थकर्मीहरु एमालेमा प्रवेश


अंकुरण खबर
1.014K
Shares

मकवानपुरका ५० जना स्वास्थकर्मीहरु नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रबेश गरेका छन् ।

हेटौँडामा आयोजित एक कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले ५० जना स्वास्थ्यकर्मीहरुलाई एमालेमा स्वागत गरेका हुन् ।

स्वास्थ्यकर्मीलाई स्वागत गर्दै मुख्यमन्त्री पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले स्वास्थ्य क्षेत्रलाई निकै प्राथमिकता दिएको दाबी गरे । नेपालको सबै स्थानीय तहमा अस्पताल बनाउनेदेखि स्वास्थ्य क्षेत्रमा सरकारले ठूलो परिवर्तन गरेको भन्दै एमाले सरकारले देशको विकासमा अग्रणी भूमिका निर्वाह गर्ने उनले बताए ।

मेडिकल ल्याब एसोशियसन अफ नेपालका केन्द्रीय कोषाध्यक्ष उत्सव चौँलागाईको नेतृत्वमा ५० जना प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुमा अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघका जिल्ला सहसंयोजक हिरा लामासहित विभिन्न स्वतन्त्र स्वास्थ्यकर्मी, डाक्टरहरु एमालेमा प्रवेश गरेका छन् ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर राना, संविधानसभा सदस्य अनन्त पौडेल, वागमती प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाल, नेकपा एमालेका जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।