logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

त्रिदेशीय फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा,यी खेलाडी छनोट


अंकुरण खबर
3.042K
Shares

नेपालको तर्फबाट त्रिदेशीय फुटबल प्रतियोगिता खेल्नका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

किरण चेम्जोङको कप्तानीमा प्रशिक्षक बालगोपाल महर्जनले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

बिहीबार किर्गिस्तानसँग नेपालले पहिलो खेल खेल्दैछ भने,दोस्रो खेल बंगलादेशसंग खेल्दै छ । राउण्ड रोबिनको आधारमा शीर्ष दुई टिमले फाइनल प्रतिस्पर्धा गर्ने खेलको फाइनल खेल चैत १६ गते हुनेछ ।

मंगलबारबाट दशरथ रंगशालामा शुरु भएको पहिलो खेलमा किर्गिस्थानलाई १–० ले पराजित गर्दै बंगलादेशले विजयी सुरुवात गरेको थियो ।

नेपालकाके तर्फबाट गोलरक्षकमा किरण कुमार लिम्बु (कप्तान), विकेश कुथु र दिप कार्की रहनेछन् । त्यस्तै डिफेन्डरमा रञ्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन र छिरिङ गुरुङ रहनेछन् । त्यसैगरि
मिडफिल्डरमा त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, एरिक बिष्ट, सञ्जोग राई, विशाल राई बी, सुनिल बल र रविशंकर पासवान रहेका छन् । फरवार्डमा भने अञ्जन विष्ट, दर्शन गुरुङ, अविशेक रिजा र भरत खवास सहभागी हुने छन् ।