logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतबाट फर्किएका २ जनामा कोरोना संक्रमण


अंकुरण खबर
884
Shares

भारतबाट फर्किएका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

धनगढी उपमहानगरपालिकाका उनीहरू दुवै जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिप श्रेष्ठले जानकारी दिएका हुन्।

उनीहरू दुवै जना पुरुष हुन्। उनीहरूको उमेर ५० वर्ष र ३३ वर्ष छ। भारतबाट फर्किएपछि मंगलबार अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षण गरिएको थियो।

कोरोना पुष्टि भएका दुवै जनालाई कोभिड अस्थायी अस्पतालको आइसोलेसनमा राखिएको छ।