logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस केन्द्रीय समिति बैठक चैत २० गते बस्ने


अंकुरण खबर
819
Shares

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक चैत २० गते बस्ने भएको छ ।

आसन्न १४ औं महाधिवेशनको कार्यतालिकाको विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो।

कांग्रेसले आगामी भदौ ७ देखि १० गतेसम्मका लागि महाधिवेशनको मिति तोकेको छ। तर, कार्यतालिका अनुसार काम हुन नसकेपछि सोही विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । उनले केन्द्रीय समितिको मुख्य एजेन्डा नै महाधिवेशनकै विषय भएको बताए ।

चैत १० गतेभित्र क्रियाशिल सदस्यता बुझाइसक्नुपर्ने गरी समयसीमा तोकिएको थियो। तर, सबै जिल्लाले क्रियाशील सदस्यको विवरण सफ्टवेयरमा इन्ट्री गरेका छैनन्। अझै ९ जिल्लाले विवरण भर्न थालेका छैनन्।

१४ औं महाधिवेशनसम्ममा १० लाख क्रियाशील सदस्य पु¥याउने भनिए पनि अहिलेसम्म करिब ४ लाखको मात्रै विवरण केन्द्रीय कार्यालयसँग छ ।