logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सन्दीपले इंग्ल्याण्डको घरेलु टि-२० प्रतियोगिता खेल्ने


अंकुरण खबर
1.365K
Shares

नेपाली युवा स्टार सन्दीप लामिछानेले घरेलु टि-२० प्रतियोगिता खेल्ने भएका छन् ।

नेपाली ले ग स्पिनर सन्दीपले ‘भिटालिटी टि-२० ब्लास्ट’ खेल्ने भएका हुन् ।

इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने टि-२० ब्लास्ट सन् २०२१ को जुन ९ देखि १८ सेप्टेम्बरसम्म हुने तालिका रहेको छ । जसमा सन्दीपले पहिलो पटक खेल्न लागेका हुन् ।

सन्दीपले वोर्सेस्टरशायर काउण्टी क्रिकेट क्लबबाट टि-२० ब्लास्ट खेल्ने पक्का भएको हो । क्लबले सन्दीपलाई २०२१ को सिजनका लागि अनुबन्धित गरिएको जनाएको छ । एजेन्सी