logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

परराष्ट्रमन्त्री र इजिप्टका राजदूतबीच भेटवार्ता


अंकुरण खबर
819
Shares

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अरब गणतन्त्र इजिप्टका राजदूत इमान मुस्तफा अब्दु अहमदबीच भेटवार्ता भएको छ ।

बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा द्वीपक्षीय सम्बन्धलाई लिएर कुराकानी भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिएकी हुन् ।

राजदूत अहमदको कार्यकाल सकिन लागेको हुनाले उहाँहरूको नियमित भेट भएको लम्सालको भनाइ छ । राजदूतहरूले आफ्नो कार्यकाल सुरु भएपछि र अन्त्य हुनुअघि परराष्ट्रमन्त्री लाई भेट्ने परम्परा रहेको उनले जानकारी दिए ।