नेकपाकी केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य सांसद कमला रोकाले प्रधानमन्त्री केपि शर्मा ओलीले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने बताएकी छन् ।
रुकुम पूर्वको सिस्ने गाउपालिका-३ पोखरामा भएको राष्ट्रपति रनिङ सिल्डको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै रोकाले प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजिनामा दिनु पर्ने बताएकी हुन् ।
प्रधानमन्त्री ओलीकै कारणले गर्दा जनताको त्याग र बलिदानीबाट प्राप्त भएको संबिधान संकटमा परेको उनको भनाई छ ।
राष्ट्र र जनताका भावना अनुसार कम्युनिस्ट धुब्रिकरणको प्रक्रिया अघि बढिसकेको बताउँदै संसद रोकाले फरक प्रसंगमा आफ्नो क्षेत्रको समृद्धि र बिकासका लागि आफ्नो तर्फबाट आफुले हर प्रयास गरेको बताइन् ।
‘युवाहरु राष्ट्रका खम्बा भएकाले विशेष गरि युवाहरु शारीरिक र मानसिक रुपमा स्वस्थ्य रहन आवस्यक छ । खेलमा इमानदारीता र अनुसासनको जरुर देखिन्छ ।’ रोकाले भनिन्, आजका युवाहरुले नयाँ-नयाँ कुराको खोज अनुसन्धान गर्न, राज्य सत्तामा भैरहेका गतिविधिको मूल्याङ्कन गर्न र अधिकार खोज्दा आफ्ना कतिपय कर्तव्यहरु पनि बोध गर्न आजको अपरिहार्य आवस्यकता देखिएको उनको जिकिर थियो ।