logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणबाट एमाले डोल्पा जिल्ला अध्यक्षको निधन


अंकुरण खबर
2.223K
Shares

नेकपा एमाले डोल्पा जिल्ला कमिटी अध्यक्षको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ ।

पाटन अस्पतालमा उपचाररत अध्यक्ष दत्त रोकायाको उपचारकै क्रममा शुक्रबार निधन भएको हो ।

केन्द्रिय सदस्यसमेत रहेका अध्यक्ष रोकायाको दुई हप्तादेखि पाटन अस्पतालमा उपचार जारी थियो । ज्वरो आएर जचाउन गएका रोकायालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको आजै नेपाली सेनाको टोलीले पशुपति आर्यघाटमा अन्त्येष्टी गर्ने बताइएको छ ।

३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएका रोकाया पञ्चायतकालमा कालिका माध्यमिक विद्यालयका हेडमास्टर थिए । २०४७ सालमा डोल्पामा एमालेको जिल्ला कमिटी बन्दा रोकाया संस्थापक अध्यक्ष भएका हुन् ।

त्यसयता एकपटक बीचमा पाँच वर्षबाहेक रोकाया सधैं जिल्ला कमिटी अध्यक्षको रुपमा क्रियाशील रहेका शाहीले जानकारी दिए ।