logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

त्रिदेशीय फुटबल-नेपालका लागि फाइनल पुग्ने अवसर


अंकुरण खबर
845
Shares

काठमाडौंमा जारी त्रिदेशीय फुटबल प्रतियोगितामा आज (शनिबार) नेपाल र बंगलादेशबीच प्रतिस्पार्धा हुँदै छ । आजको खेलबाट नेपाललाई फाइनल पुग्ने मौका छ ।

नेपाल, बंगलादेश र किर्गिस्तान यू-२३ टिम सम्मिलित प्रतियोगितामा बंगलादेश यसअघि नै पाइनल पुगिसकेको छ । नेपालले फाइनल पुग्न आजको खेलमा बंगलादेशसँग बराबरी खेले पनि पुग्छ ।

बंगलादेशले पहिलो खेलमा किर्गिस्तानलाई १-० ले हराएको थियो । नेपालले भने किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको थियो । नेपालले गोलरहित बराबरी खेलेपछि बंगलादेश १ खेल अगाडि नै फाइनल पुगेको हो ।

शनिबारको खेलमा नेपालले कीर्गिस्तानसँगको भन्दा उत्कृष्ट खेल प्रदर्शन गर्ने प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन् ।

किर्गिस्तानसँगको खेलामा डिफेन्स र पासिङमा नेपालले अब्बल खेल प्रदर्शन गरेको थियो । तर पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा नेपालले किर्गिस्तानको पोस्टमा एक गोल पनि गर्न सकेन ।

नेपाली टिमका मुख्य प्रशिक्षक महर्जनले किर्गिस्तानबिरुद्धको खेलमा भएका गल्तिलाई नदोहोय्राउने योजनामा आफु रहेको बताएका छन् । उनले बंगलादेशरिुद्ध पनि अट्याकिङ फर्म्याटमा नै खेल्ने र मुख्य लक्ष्य जितका साथ फाइनलमा स्थान बनाउने रहेको बताए ।