logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माधव नेपाल र भीम रावल एमालेबाट ६ महिना निलम्बनमा


अंकुरण खबर
858
Shares

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल पार्टीबाट ६ महिनाका लागि निलम्बनमा परेका छन् ।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै  नेतालाई निलम्बन गरेका हुन् । अध्यक्ष ओलीले उनीहरूलाई ६ महिनाका लागि निलम्बन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

उनीहरु दुवैजनालाई यसअघि गुटगत गतिविधि गरेको भन्दै अध्यक्ष ओलीले स्पष्टीकरण सोधेका थिए। स्पष्टीकरण चित्त बुझ्दो नभएपछि सोमबार एमालेबाट निष्काशित गर्ने निर्णय भएको हो।

पार्टीका सबै जिम्मेवारीहरू तथा पार्टी सदस्यताबाटै पार्टी विधान २०४९ को धारा ४९ ख अनुसार ६ महिनाका लागि निलम्बन गरिएको अध्यक्ष ओलीले बताएका छन।

सच्चिनका लागि ६ महिनाको समय दिइएको र यो अवधिमा विचार र क्रियाकलापहरू सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन फुकुवा गर्न सक्ने तर, गतिविधि जारी राखे यसबीचमा पनि थप कारवाही गर्ने चेतावनी समेत ओलीले दिएका छन्।

वरिष्ठ नेता नेपालले आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एक व्यापारीको घरमा बसेर छलफल गरेका छन्।

कार्वाहीमा परेको पत्र पाएलगत्तै नेता नेपाल माओवादी केन्द्रका अध्यक्ष दाहालसंग भेट्न कोटेश्वर पुगेका थिए । उनिहरुले दुई घण्टा कोटेश्वरमा छलफल गरेका थिए।