logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेले जानकीदेवीलाई सांसद बनाउने


अंकुरण खबर
1.872K
Shares

नेकपा एमालेले सिरहाकी जानकीदेवी रामलाई सांसद् बनाउने भएको छ ।

एमालेले रिक्त समानुपातिक सदस्यमा जानकीदेवीलाई प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको हो ।

एमालेले रिक्त समानुपातिक सांसद् पदमा जानकीदेवीलाई निर्वाचित गर्न निर्वाचन आयोजक पत्र पठाउने निर्णय गरेको छ । राजनकीदेवी प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारको बन्द सूचीमा ८८ नम्बरमा थिइन् ।

एमालेकी समानुपातिक सांसद् इलामकी सानु शिवाको निधन भएपछि सांसद् पद रिक्त थियो । जानकीदेवी राम निर्वाचित भएपछि प्रतिनिधिसभामा एमालेको सांसद १२१ जना  हुनेछन् ।