logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव पनि फिर्ता


अंकुरण खबर
1.157K
Shares

नेकपा एमालेको खनाल–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्तावबाट नाम फिर्ता लिएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट नेकपाको खनाल– नेपाल समूहका १६ जना सांसदले सामूहिक रुपमा नाम फिर्ता लिएका हुन् ।

प्रदेश १ का प्रस्तावित मुख्यमन्त्रीसमेत रहेका भीम आचार्यसहित १६ जना प्रदेशसभा सदस्यले हस्ताक्षर फिर्ता लिएको पत्र प्रदेश सभा सचिवालयमा दर्ता गराएको  प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले बताए ।

मुख्यमन्त्री राईविरुद्ध तत्कालिन नेकपाका ३७ जना प्रदेशसभा सदस्यले पुस १२ गते प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

यस्तै वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव पनि फिर्ता लिइएको छ । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका खनाल – नेपाल पक्षका सांसदले नाम फिर्ता लिएका छन् । खनाल–नेपाल पक्षका २२ जना सांसदले वाग्मती प्रदेश सभा सचिवालयलाई पत्र लेखेर अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले बताए ।