logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

किरण चेम्जोङ एशियाकै दश उत्कृष्ट खेलाडीको सूचीमा परे


अंकुरण खबर
1.118K
Shares

राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ एशियाकै दश उत्कृष्ट फुटबल खेलाडीको सूचीमा परेका छन् ।

एशियाली फुटबल संघले जारी गरेको एशियाका दश उत्कृष्ट खेलाडीको सूचीमा किरण चेम्जोङ अटाएका हुन् ।

एशियाली फुटबल संघले ‘एएफसी साताको राष्ट्रिय खेलाडी’को सूची सार्बजनिक गरेको छ ।

उक्त सूचीमा यूनाइटेड अरब एमिरेट्सका अलि मखौत, कतारका मोहम्मद मुन्तरी, जापानका युया ओसाको, इरानका सरदार अजमौन, सऊदी अरबका सलेह अल शेहरी, इराकका अला अलि म्हावी, बहराइनका मोहमेद मरहून, जोर्डनका मुसा अल तामरी, ताजिकिस्तानका अलिशेर हलिलोभ र नेपालका किरण चेम्जोङ छानिएका हुन् ।

एशियाली फुटबल संघले बिहीबार उक्त सूची सार्बजनिक गरेको छ । सूचीमा परेका दश खेलाडीलाई मतदानका लागि खुला गरिएको छ । ‘एएफसी इन्टिरनेशनल प्लेयर अफ द् विक’का लागि मतदान खुला गरेको छ ।

एएफसीको वेबसाइटमा अप्रिल चार सम्म जो सुकैले अनलाइन माध्यमबाट आफ्नो रोजाइको खेलाडी चयन गर्न पाउनेछ ।

नेपाली खेलाडी किरणलाई भोट गर्न यहाँ क्लिक गर्नु होस्