logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थ्री नेसन्स कपको विजेता खेलाडीलाई जनही चार लाख दिने


अंकुरण खबर
1.885K
Shares

थ्री नेसन्स कपको विजेता खेलाडीले जनही चार-चार लाख पाउँने भएको छन्  ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले थ्री नेसन्स कपको विजेता खेलाडीलाई जनही चार-चार लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै कप फुटबलको उपाधि जितेको थियो ।

नौ खेल लामो गोलविहीन अवस्था तोड्दै नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त गरेको थियो । खेलाडीको हौसला बढाउन प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशालामा पुगेर पुरै समय खेल हेरेका थिए ।

नेपालका लागि सन्जोक राई र विशाल राईले गोल गरेका थिए। यसअघि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पनि विजेता खेलाडीलाई जनही एक लाख पुरस्कार दिने घोषणा गरिसकेको छ ।