logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाका कारण विदेशमा चार नेपालीको मृत्यु


अंकुरण खबर
1.118K
Shares

कोरोना संक्रमणबाट विदेशमा पछिल्लो साता थप चार नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ ९एनआरएनए० अन्तर्गतको स्वास्थ्य समितिका अनुसार तनिजनाको कतार र एकजनाको रुसमा मृत्यु भएको हो ।

एनआरएनएले दिएको जानकारीअनुसार कोरोनाका कारण शनिबार साँझसम्म २३ देशमा रहेका ३ सय ४९ जना नेपालीको निधन भइसकेको छ । पछिल्लो साता माल्दिभ्स, मलेसिया, कतार र युएईमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।

हालसम्म ५४ देशमा ६५  हजार २ सय ८७  जना नेपालीमा कोरोना संक्रमण पुष्टि हुँदा ६२ हजार  ६ सय ६३ जना भने निको भइसेकेका छन् । यसले विदेशमा संक्रमणमुक्त हुने दर ९६ प्रतिशत रहेको स्पष्ट हुन्छ ।