logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आहा रारा गोल्डकप : सेमीफाइनलका लागि मनाङ र संकटा भिड्दै


अंकुरण खबर
1.547K
Shares

पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबलको तेस्रो क्वाटरफाइनलमा खेल आज हुँदैछ ।

पोखरा रंगशालामा हुने तेस्रो क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लब भिड्दै छन् ।

मनाङ र संकटाबीचको खेल दिउँसो २:३० बजे शुरु हुनेछ ।

आज दुई ‘ए’ डिभिजन क्लब मनाङ र संकटा जित निकाल्दै अन्तिम चारमा पुग्न चाहन्छ । प्रतियोगितामा एपीएफ क्लब र अफ्रिकन रुट सेमिफाइनलमा पुगिसकेको छ ।