परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले म्यानमारमा विकसित घटनाप्रति सरकारले गहिरो चासो र चिन्ता व्यक्त गरेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा त्यस्तो बताएका हुन् ।
मन्त्री ज्ञवालीले म्यानमारमा सेनाले शासन हातमा लिएर लोकतान्त्रिक नेताहरुलाई नियन्त्रणमा लिएको प्रति नेपालले प्रेस विज्ञप्ति निकालेर आफ्नो धारणा सार्वजनिक गरिसकेको जानकारी दिए । प्रेस विज्ञप्तिमार्फत म्यानमारमा लोकतान्त्रिक प्रक्रिया पुनर्स्थापना हुने आशा सरकारले व्यक्त गरेको उनले बताए ।
मन्त्री ज्ञवालीले नेपालसहित देशको समर्थनमा संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदले एउटा रिजोलुसन पारित गरेको र त्यसमा जनताको अभिमतको सम्मान गर्न, लोकतान्त्रिक नेताहरुलाई रिहा गर्न र अत्यधिक बल प्रयोगलाई अन्त्य गर्न म्यानमारलाई आह्वान गरिएको उललेख गरे । उनले लोकतन्त्र, मानव अधिकार र विश्व शान्तिका मामिलामा नेपाल सदैव स्पष्ट रहेको पनि स्पष्ट पारे ।
मन्त्री ज्ञवालीले सांसदहरुलाई जबाफ दिँदै सार्क, बिमस्टेकजस्ता फोरमहरुमा दुई पक्षीय विवादका विषय या कुनै खास देश विशेषमा घटित घटनाहरुका विषयमा छलफल नगरिने बताए ।