logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल-खनाल समूह सुदूरपश्चिम प्रदेश कमिटीको विस्तारित बैठक जारी


अंकुरण खबर
767
Shares

एमाले नेपाल-खनाल समूह सुदूरपश्चिम प्रदेश कमिटीको विस्तारित बैठक कैलाली सदरमुकाम धनगढीमा जारी छ ।

धनगढीस्थित उद्योग वाणिज्य संघको हलमा अनेम संघको प्रदेशस्तरीय भेला उद्घाटन समारोहमा प्रदेश इन्चार्ज भीम रावल सहभागी भएकाले केहीबेरलाई बैठक स्थगित छ । केही समयपछि सुरु हुने बैठकले सुदूरपश्चिम समानान्तर कमिटी चयन गर्ने तयारी छ ।

उक्त समूहले केहीबेरअघि मात्र वागमती प्रदेशको समानान्तर कमिटी घोषणा गरिसकेको छ ।

मंगलबार साँझसम्ममा सुदूरपश्चिम प्रदेश कमिटी पनि घोषणा गर्ने सम्भावना रहेको एमाले प्रदेश कमिटी सदस्य तथा कार्यालय सचिव दिनेश सुवेदीले जानकारी दिए ।

उनका अनुसार प्रदेश कमिटीको विस्तारित बैठकमा केन्द्रीय सदस्य, केन्द्रीय निकायका सदस्यहरू, संघीय र प्रदेश सांसदहरू, जिल्ला अध्यक्ष र पदाधिकारीहरू सहभागी छन् ।

‘एमालेको प्रदेश कमिटी छँदै थियो, त्यसैको विस्तारित बैठक हो यो,’ सुवेदीले भने, ‘पार्टीलाई कसरी व्यवस्थित बनाएर लैजाने, अन्तरविरोधहरूलाई कसरी समाधान गर्ने भन्नेबारे बैठकले ठोस निर्णय लिनेछ ।’