राजनीति

भीम रावलको उपस्थितिमा नेपाल पक्षले बनायो सुदूरपश्चिमका जिल्लामा समानान्तर कमिटी

नेकपा एमाले माधव नेपाल पक्षले सुदूरपश्चिमका आठ जिल्लामा समानान्तर कमिटी गठन गरेको छ ।

पार्टी नेता भीम रावलको उपस्थितिमा ९ मध्ये आठ जिल्लामा कमिटी गठन गरेको हो ।

दार्चुलाबाहेक अन्य जिल्लामा कमिटी बनाइएको छ । कैलाली अध्यक्षमा दीर्घ सोडारी चयन भएका छन् । तत्कालीन नेकपामा हुँदा उनी कारबाहीमा परेका थिए । पुस ७ मा बसेको माधव–प्रचण्ड नेकपाको केन्द्रीय बैठकले सोडारीको कारबाही फुकुवा गरेको थियो ।

रावलको गृहजिल्ला अछाममा शेरबहादुर कुँवरलाई अध्यक्ष तोकिएको छ । बैतडीमा महादेव भट्ट, कञ्चनपुरमा तारा लामा तामाङ, बाजुरामा गगन रावल, डोटीमा चक्रबहादुर मल्ल, डडेल्धुरामा तारा जोशी, बझाङमा दिलबहादुर सिंहलाई अध्यक्ष तोकिएको छ ।

आफ्नो प्रदेशमा संगठन बनाउन नेता रावल केही दिनदेखि सुदूरपश्चिममा छन् । माधव पक्षले रावललाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज बनाएको थियो ।

Comment here