
युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेग दुई खेल आज हुँदै छ ।
क्वाटरफाइनलमा आज राति बार्यन म्युनिखविरुद्ध पेरिस सेन्ट जर्मेन (पिएसजी) र चेल्सीविरुद्ध एफसी पोर्टो भिड्दै छन् ।
बार्यनले प्रि-क्वाटरफाइनलमा लाजियोलाई र पीएसजीले बार्सिलोनालाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । त्यस्तै चेल्सीले एट्लेटिको मड्रिड र पोर्टोले युभेन्टसलाई पराजित गर्दै क्वाटरफाइनमा स्थान बनाएको हो ।
खेल नेपाली समयअनुसार आज राति १ः४५ बजेदेखि सुरु हुनेछ ।
Comment here