logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माननीय रोकाको पहलमा हेलीकप्टर मार्फत युवतीको उद्धार


अंकुरण खबर
1.677K
Shares

प्रेसरका कारण घरको छतबाट खसेर गम्भीर घाइते भएकी दुर्गम हिमाली जिल्ला रुकुम पूर्वकी एक महिलाको सांसद कमला रोकाको पहलमा हेलीकप्टर मार्फत उद्दार गरिएको छ ।

प्रेसरका कारण घरको छतबाट खसेकी जिल्लाको पुथा उत्तरगंगा गाउपालिका-१, मैकोट नुजाङकी कविता विकलाई अचेत अवस्थामा हेलिकप्टरद्वारा उद्दार गरिएको हो । मैकोटको विकट गाउमा रहेकी विकलाई हेलिकप्टरबाट थप उपचारका लागि सुर्खेत पुर्‍याइएको छ ।

गृह मन्त्रालयको आकस्मिक उद्दार कार्यक्रम अन्तर्गत विकलाई उद्दार गरिएको हो । गर्भवती महिलाको उद्दार गर्ने गृह मन्त्रालयको आकस्मिक उद्दार कार्यक्रम अन्तर्गत उहाँलाई दलित तथा गरिव भएकै कारण उद्दार गर्न सफल भएको सांसद रोकाले बताएकी छिन् । प्रमुख जिल्ला अधिकारी राजकुमार राई लगाएत मन्त्रालयले अत्यन्तै सकारात्मक समन्वय गरेपछि युवतीलाई उद्दार गर्न सफल भएको रोकाले भनाइ छ ।

प्रेसरका कारण गएको चैत्र २३ गते घरको छतबाट खसेकी विकको अवस्था गम्भीर रहेको थियो ।