logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप महिला टी–२० क्रिकेटको फाइनलमा


अंकुरण खबर
923
Shares

सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप महिला टी–२० क्रिकेटको फाइनलमा पुगेको छ।

बुधबार भएको आफ्नो लिग चरणको आफ्नो अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनल पुगेको हो ।

किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा लुम्बिनीले दिएको ७३ रनको लक्ष्य सुदूरपश्चिमले १२ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गरेको हो । लुम्बिनीलाई हराएसँगै सुदूरपश्चिमले ४ खेलमा ६ अंक जोडेर शिर्ष दुईमा स्थान पक्का गर्दै सुदूरपश्चिमले सशस्त्र प्रहरीको एपिएफ क्लबसंगै फाइनल यात्रा तय गरेको हो ।

सुदूरपश्चिमको जितमा मन्जु बोकटीले २६ र बिन्दु रावलले १७ रन बनाइन् । लुम्बिनीका कृतिका मरासिनीले २ विकेट लिईन् । टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर ७२ रन बनाएको थियो। लुम्बिनीका लागि लक्ष्मी चौधरीले २६ र कप्तान नेरी थापाले ११ रन जोडिन् ।

लुम्बिनीलाई सस्तैमा समेट्न लक्ष्मी साउदले ४ विकेट लिईन् । फाइनलमा सुदूरपश्चिमले एपीएफ क्लबसँग खेल्नेछ । एपीएफ एक खेल अगाबै फाइनल पुगिसकेको छ । एपीएफको ३ खेलमा ६ अंक जोडेको छ । एपीएफले अन्तिम लिग खेलमा लुम्बिनीसँग खेल्नेछ ।