logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादी केन्द्रका चार सासंदको पद रिक्त हुदै


अंकुरण खबर
1.261K
Shares

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट निर्वाचित ४ सांसदहरुको पद खोसिने भएको छ ।

वर्तमान ओली नेतृत्वको सरकारको मन्त्री समेत रहेका ४ सांसदहरुको पद रिक्त हुने भएको हो ।

माओवादी केन्द्रबाट निर्वाचित सांसदहरु टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीको विरुद्ध माओवादी केन्द्रले संसद सचिवालयमा पदमुक्त गर्नका लागि निवेदन दिइसकेको छ ।

आज बस्ने प्रतिनिधि सभा बैठकमा सभामुखले उक्त पत्र संसदलाई जानकारी गराएसँगै चार सांसदहरुको पद रिक्त हुनेछ ।

फागुन २३ गते सर्वोच्च अदालतले तत्कालिन नेकपालाई रद्ध गर्दै एमाले र माओवादीलाई पूर्ववत् रुपमा फर्कादिएको थियो । पार्टी पूर्ववत् रुपमा फर्किएसँगै माओवादी केन्द्रबाट निर्वाचित भएपनि एमालेमा नै बसेका थिए ।

पार्टीले स्पष्टीकरण सोधेपनि चार सांसदहरुले त्यसको वेवास्ता गर्दै माओवादी केन्द्रमा बसेको भन्दै माओवादी केन्द्रले पदमुक्त गरेको हो ।