logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लालबाबु पण्डितको प्रश्न – विधेयकहरू अगाडि बढाउन कसले रोकेको छ ?


अंकुरण खबर
1.092K
Shares

एमाले ओली समूहका सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डिनले सदनमा अड्किएका विधेयकहरू अगाडि बढाउन कसले रोकेको छ भन्ने प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विषेश समय लिएर बोल्दै सांसद पण्डितले अहिलेको अधिवेशन विधेयक अधिवेशन भएपनि कुनै पनि विधेयक पारित हुन नसकेको तर त्यसको अपजश सरकारलाई दिन नहुने बताए ।

सरकारले संसदलाई काम गर्न नदिएको भनेर गलत प्रचार गरिएको उनले बताएका छन् ।  ‘विधेयकहरू अगाडि बढाउन कसले रोकेको छ ?’ उनले भने, ‘बाधा अवरोध छन् भने संसदलाई जानकारी हुनुपर्छ ।’

६५ वटा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभामा अड्किएको उनले उल्लेख गरे । संसदीय व्यवस्थाप्रति आस्था र विश्वास कम भएकाहरू अनि संविधानकै काम छैन भन्नेहरूले सरकारविरुद्ध गलत प्रचार गरिरहेको उनले दाबी गरे ।

‘विधेयकहरू अगाडि बढाउन नसक्दा सरकारमाथि मात्र होइन, सभामुखमाथि पनि प्रश्न उठ्छ,’ उनले भने, ‘सभामुखको विशेष भूमिकाको आवश्यकता छ ।’

संसदले काम गर्न नसकेको अहिलेको अबस्थाका जिम्मा सभामुखले समेत जिम्मा लिनुपर्ने बताए । उनले भने,‘संसदले काम गर्न सकिरहेको छैन । सभामुखजीको विषेश भूमिकाको आवश्यकता छ । संसदीय यवस्थामाथि प्रश्न उठ्छ भने संसदले काम गर्न सकने भने प्रश्न उठ्छ भने संसदका पदाधिकारी सभामुखमाथि पनि प्रश्न उठ्छ ।’

सभामुखले सकारात्मक पहल नगरे त्यसको अपजश लिन समेत तयार हुन उनको चुनौती दिए ।