logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मलाई मदन भण्डारीको रुपमा देख्न थालेका थिए : अध्यक्ष दाहाल


अंकुरण खबर
1.183K
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेका नेता कार्यकताहरुले आफूलाई मदन भण्डारीका रुपमा देख्न थालेको दाबी गरेका छन्।

माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
उनले भने ‘पोहोर माघमा भएको केन्द्रीय समितिको बैठकको अध्यक्षता मैले गरेको थिएँ । त्यसमा ओलीको कुनै भूमिका थिएन । बैठकबाट निस्किँदा सबैको हसिलो मुद्रा थियो । म त्यसपछि विभिन्न जिल्लाका प्रशिक्षण कार्यक्रममा गएँ । मेरो प्रशिक्षण देखेर एमालेकै कार्यकर्ताले हामीले तपाईमा मदन भण्डारी भेट्यौं भन्न थालेका थिए ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो लोकप्रियता देखेपछि प्रतिक्रियावादीसँग मिलेर षडयन्त्र गरेको अध्यक्ष दाहालले आरोप लगाएका छन् ।