logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एएफसी कप प्रिलिमिनरी राउन्डको दोस्रो चरण खेल्न आर्मी टिम गोवा प्रस्थान


अंकुरण खबर
715
Shares

एएफसी क्लब लाइसेन्स प्राप्त नेपालको एकमात्र टिम त्रिभुवन आर्मी फुटबल क्लब भारतको गोवा प्रस्थान गरेको छ।

एएफसी कपको प्रिलिमिनरी राउन्डको दोस्रो चरण खेल्नका लागि आज आर्मीको टिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोवा प्रस्थान गरेको हो।

त्रिभुवन आर्मी फुटबल क्लबले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै गोवा प्रस्थान गरेको उल्लेख गरेको छ। उनले आउँदो वैशाख १ गते साँझ पौने ६ बजे जेएसडब्लू बैंगलोरसँग खेल्दै छ।

जीएमसी एथ्लेटिक रंगशाला बोम्बोलिममा हुने खेल प्रिलिमिनरी राउन्डको दोस्रो चरणको खेल आर्मीले श्रीलंका पुलिसविरुद्ध ५-१ गोलको जित निकालेपछि सम्भव भएको थियो।

उक्त खेलमा नवयुग श्रेष्ठले दुई गोल गरेका थिए भने सन्तोष तामाङ, टंक बस्नेत र सुदिल राईले समान १–१ गोल गरेका थिए।

आर्मी र बैंगलोरबीचको खेलमा जित निकाल्ने टिमले अम्बानी लिमिटेड ढाका र क्लब इगल्सबीचको विजेतासँग तेस्रो चरणमा प्रतिस्पर्धा गर्दैछ।

तेस्रो चरणको खेल वैशाख ८ गते हुनेछ।