logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता ५ हजार दिनुपर्छ : सांसद रेग्मी


अंकुरण खबर
624
Shares

कांग्रेस सांसद उमा रेग्मीले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता ५ हजार दिनुपर्ने बताएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलेदेखि ५ हजार दिने भनेको तर भत्ता नबढाएको भन्दै उनले ज्येष्ठ नागरिकहरूलाई ढाँट्न नहुने बताइन् ।

उनले आगामी बजेटमार्फत सरकारले जसरी भएपनि भत्ता बढाउनुपर्ने धारणा राखिन् । घरी रेल ल्याइदिन्छु, घरी घरघरमै रोजगारी दिन्छु भनेर प्रधानमन्त्री ओलीले ढाँटेको उनको आरोप छ ।