logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस केन्द्रीय समिति बैठक वैशाख ५ मा बस्ने


अंकुरण खबर
858
Shares

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक वैशाख ५ गते बस्ने भएको छ ।

आज सोमबारका लागि बोलाइएको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको निधन भएका कारण स्थगित भएको थियो ।

कांग्रेसले १४ औं महाधिवेशनको कार्यतालिका तथा क्रियाशील सदस्यता वितरण र नवीकरणको काम गर्ने समय थप गर्न केन्द्रीय समिति बैठक बोलाएको हो । कांग्रेसको महाधिवेशन आगामी भदौ ७ देखि गर्ने कार्यतालिका छ ।