logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजदेखि अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई भेरोसेल खोप लगाइँदै


अंकुरण खबर
1.508K
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि चिनियाँ कम्पनीको कोरोना खोप भेरोसेल लागाउने तयारी गरेको छ ।

मन्त्रालयले आज देखि ४० देखि ५९ वर्ष उमेर समूहका सर्वसाधरणलाई पनि खोप लगाउँने भएको हो ।

यस्तै आजै देखि चालक र सहचालकसहित अत्यावश्यक सेवामा खटिएका १८ देखि ६० वर्षका व्यक्तिलाई पनि लगाउने निर्णय गरेको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्यकर्मी फार्मेसीका कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक सहित अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई खोप लगाइने छ ।