logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कैलाली र कञ्चनपुरका थपिए २० जना कोरोना संक्रमित


अंकुरण खबर
871
Shares

कैलाली र कञ्चनपुरका थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मङ्गलबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ४९ जनाको परीक्षणमा २० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

कैलालीको धनगढी उपमहानगरपालिका भित्रका १७ जनामा संक्रमण पुष्टि भएको छ । कैलालीकै भजनी नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका १ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।