कोरोनाका कारण बितेको २४ घण्टामा पर्सा जिल्लामा ३ जनाको मृत्यु भएको छ ।
वीरगन्जको नारायणी अस्पतालमा मंगलबार मात्र दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला प्रसासन कार्यालय पर्साको सुचना अधिकारी बिनय श्रीवास्तवका अनुसार बाराको जितपुर–सिमरा उपमहानगरपालिका–९ छातापिपरा निवासी ३७ वर्षीय र वीरगन्ज महानगरपालिका–३ छपकैया निवासी ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
मंगलबार बिहान साढे ३ बजे मृत्यु भएका ३७ वर्षीय युवक होलीको दुई दिनअगाडि भारतको हैदराबादबाट घर फर्किएका थिए । ज्वरो र रुघा–खोकीले ग्रस्त भएपछि चैत २६ मा उनी वीरगन्जको एड्भान्स मेडिकेयर हस्पिटल भर्ना भएका थिए । कोरोना संक्रमण पुष्टि भएपछि चैत ३० को मध्यराति उनलाई नारायणी अस्पताल लगिएको थियो ।
यस्तै, मंगलबार बिहान ८ बजेर २० मिनेटमा मृत्यु भएका ६२ वर्षीय पुरुष गत आइतबार अस्पताल भर्ना भएका थिए । कोरोना संक्रमितमा निमोनियाबाहेक कडा खालको झाडापखालासमेत देखिएको थियो ।
यसै गरी सोमबार कालिकामाई गाउपालिका भेडिहरी का ५५ वर्षीय पुरुषको समेत मृत्यु भई निजको गाउमै नेपालि सेना द्धारा सदगत गरी सकेको छ ।