प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ८ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
नयाँ वर्ष २०७८ सालको अवसरमा प्रधानमन्त्री ओलीले सिंहदरबारबाट देशबासीलाई सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सम्बोधनमा प्रधानमन्त्रीले आगामी नयाँ वर्ष २०७८ लाई आशा र उत्साहको वर्षको रुपमा मनाउन देशबासीलाई आग्रह गर्ने बताइएको छ ।
यसैगरी सरकारले आगामी वर्षमा गर्ने ठूला विकासका योजना तथा सामाजिक सुरक्षाका क्षेत्रमा गर्ने कामका केही झलक प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख गर्ने बताइएको छ ।