logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुरक्षित रूपमा नयाँ वर्ष मनाउन देउवाको आग्रह


अंकुरण खबर
1.443K
Shares

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ बर्षको उपलक्ष्यमा शुभकामना सन्देश दिएका छन् ।

देउवाले शुभकामना सन्देश दिँदै मुलुकमा फेरि पनि कोभिड-१९ को प्रभाव र जोखिम बढ्दै गएको स्थितिलाई दृष्टिगत गरी सुरक्षित रूपमा नयाँ वर्ष मनाउन सबैलाई आग्रह गरेका छन् ।

उनले अनिवार्य रूपमा मास्क, स्यानीटाइजरको प्रयोग गर्नुका साथै भौतिक दूरी कायम गर्ने, भीडभाडयुक्त सार्वजनिक चियापान, भोजभतेरलगायत कार्यक्रम नगरी सुरक्षित रुपमा नयाँ वर्ष मनाउन आग्रह गरेका छन् ।