logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमसीसी सम्बन्धी प्रतिवेदन संसदमा प्रस्तुत नभएकोमा प्रधानमन्त्री ओली असन्तुष्ट


अंकुरण खबर
1.131K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी सम्बन्धी प्रतिवेदन संसदबाट निर्णयार्थ प्रस्तुत नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।

बुधवार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मीलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी प्रतिवेदन सरकारले टेबुल गरिसकेकोले प्रतिवेदन रोक्न नपाइने बताए ।

नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त सरकार भएको समयमा सम्झौता भएको एमसीसी परियोजनालाई सदनमा निर्णयार्थ प्रस्तुत नगरिएको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।

सम्झौता गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने संवैधानिक अधिकार कसैसँग हुँदै नहुने भन्दै उनले त्यसलाई कुनै पनि हालतमा प्रस्तुत गर्नैपर्ने बताए ।

संसद अधिवेशन सुरु भएको पहिलो दिन प्रस्तुत गर्नु पर्ने अध्यादेशसमेत संसदमा प्रस्तुत गर्न नदिएको भन्दै उनले असन्तुष्टि जनाए ।