logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

प्रदेश १ : प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य


अंकुरण खबर
728
Shares

प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशन अन्त्य गरिएको छ ।

गत माघ ७ गतेबाट सुरू भएको अधिवेशन आइतबार मध्यरातिदेखि अन्त्य गरिएको हो ।

मन्त्रिपरिषद्का आइतबार बिहान बसेको बैठकले अधिवेशन अन्त्य गर्नका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी समक्ष सिफारिस गरेको थियो ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले अधिवेशन अन्त्य भएको विज्ञप्तिमार्फत् जनाएका छन् । संसदको आठौं बैठक अहिले केहीबेरमा सुरु हुँदैछ । आजको बैठक पनि अवरुद्ध गर्ने विपक्षी दलले बताइसकेका छन् ।

चालु आर्थिक वर्षमा लागि विनियोजित निर्वाचन क्षेत्र विकासको कार्यक्रमको बजेट सरकारले कटौती गरेपछि विपक्षी दलले चैत २६ देखि बैठक अवरुद्ध गर्दै आएका थिए ।