logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेदरल्याण्ड्सको एक सय ९२ रनको लक्ष्य, मलेसियाको कमजोर सुरुवात


अंकुरण खबर
1.118K
Shares

नेपालमा जारी त्रिकोणात्मक टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आइतबार भइरहेको खेलमा नेदरल्याण्ड्सले मलेसियालाई एक सय ९२ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा २ विकेट गुमाएर एक सय ९१ रन बनाएको थियो।

नेदरल्याण्ड्सको पालीमा प्रारम्भिक ब्याट्सम्यान म्याक्स ओदाउदले शानदार ब्याटिङ गर्दै अविजित एक सय ३३ रन बनाए। उनले ७३ बलमा ६ छक्का र १५ चौका प्रहार गरेका थिए।

विशाल लक्ष्य पछ्याएको  मलेसियाले कमजोर सुरुवात  गरेको छ। मलेसियाले चार ओभरमा ३ विकेट गुमाएर २२ रन जोडेको छ।

यसअघि शनिबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो। त्यस खेलमा पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्स एक सय ३६ रनमा सिमित भएको थियो ।