नेपाली कांग्रेसकी नेतृ एवम् केन्द्रीय सदस्य डाक्टर डिला संग्रौलाले मुलुकको राजनीति अस्थिरताको मुख्य जड प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाएकी छन् ।
आज नेपाल प्रेस युनियन बागलुङले आयोजना गरेको पत्रकार भेटघाटमा डाक्टर सग्रौलाले ओलीको सत्ता उन्मादका कारण देशमा अस्थिरमा निम्तिएको आरोप लगाएकी हुन् ।
संघीय सांसद समेत रहेकी उनले एमसीसीप्रति कांग्रेस सकारात्मक रहेको बताउँदै बिधेयक अगाडि ल्याउने काम सरकारको भएको बताईन् । उनले गण्डकी प्रदेश सरकारको विरुद्धमा अबिश्वासको प्रस्ताव आउने भएपछि रातारात अधिवेशन अन्त्य गर्नु गलत भएको पनि बताईन् ।
मुलुकको राजनीतिक समाधानका लागि ओली सरकारको विघटन गरी कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।