logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

कोरोना संक्रमित ७५ वर्षीय बृद्धको मृत्यु


अंकुरण खबर
1.534K
Shares

बाँकेमा कोरोना संक्रमित ७५ वर्षीय बृद्धको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका १४ का ७५ वर्षीय बृद्धको घरमै मृत्यु भएको हो ।

वैशाख ५ गते कोहलपुर मेडिकल कलेजमा कोरोना पुष्टि भएका बृद्धलाई घरमै राखिएको थियो । उनको आइतबार राति १२ बजेतिर घरमै मृत्यु भएको जनाइएको छ ।

दीर्घरोगी बृद्धको भारतमा उपचार गराइएको थियो । बैशाख ४ गते भारतबाट घरमा ल्याइएको थियो ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ जना पुगेको छ।