तुलसीपुर उपमहानगरपालिका-६ की २० वर्षीया युवतीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ।
उपमहानगरका कोभिड फोकल पर्सन विमल केसीका अनुसार ती युवतीको बाँकेको भेरी अस्पतालमा उपचाररत क्रममा सोमबार बिहान साढे १० बजे मृत्यु भएको हो। उनलाई गत चैत ३० मा कोरोना पुष्टि भएको थियो।
उनको शव दाङ ल्याउने तयारी भएको फोकल पर्सन केसीले जानकारी दिए।
त्यस्तै, आज तुलसीपुरमा १६ जनामा कोरोना पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा २२ जनाको गरिएको पिसिआर परीक्षणमा तुलसीपुरका विभिन्न वडाका १६ जनामा कोरोना पुष्टि भएको केसीले जनाकारी दिए।
संक्रमितमध्ये एक जना भारतबाट आएका र बाँकी तुलसीपुरका सरकारी तथा निजी विद्यालयका शिक्षकहरू रहेको बताइएको छ।