logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विप्लव समूहमाथि लगाइएका मुद्धा सरकारले फिर्ता लिने


अंकुरण खबर
1.053K
Shares

सरकारले नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेता कार्यकर्तामाथि लगाइएका मुद्धा फिर्ता गर्ने भएको छ।

आजको मन्त्रिपरिषद् बैठकले विप्लव नेकपाका नेता कार्यकर्तामाथिका मुद्धा सहित मधेश आन्दोलन र सिके राउतको आन्दोलनको क्रममा भएका घटनामा दोषी ठहर भएका र मुद्दा चलिरहेका नेता कार्यकर्ताको मुद्दा फिर्ता लिने निर्णय गरेको हो ।

सुनुवाइका क्रममा रहेका मुद्दा फिर्ता गर्ने, फैसला भइसकेका मुद्दामा सजाय माफी दिने र जरिवाना तिर्नुपर्ने हकमा जरिवानाको रकम सरकारले नै तिर्ने गरी निर्णय भएको बताइएको छ ।

३ बुँदे सहमति भइसकेपनि अझै सरकारले विप्लव समूहका नेता कार्यकर्तालाई छाडेको छैन। विप्लव स्वयंम बालुवाटार पुगेर चाँडो नेता कार्यकर्तालाई छाड्न सरकारमाथि दबाब दिँदै आएका छन्।