logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नायिका केकी अधिकारीलाई कोरोना संक्रमण


अंकुरण खबर
780
Shares

नायिका केकी अधिकारीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

कोरोना पोजिटिभ देखिएपछि केकी होम क्वारेन्टाइनमा छिन् ।

केकीलाई कोरोना देखिएपछि सोमबारदेखि छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘घिन्ताङ’को सेड्यूल प्रभावित भएको छ । चलचित्रकी नायिका केकीको कोरोना रिपोर्ट पोजिटिभ आएपछि छायांकन प्रभावित भएको हो ।

दिपक श्रेष्ठको निर्देशनमा गर्ने चलचित्रको छायांकन सोमबारदेखि सुरु गर्ने योजना भएकोमा, केकीमा कोरोना संक्रमण देखिएसँगै छायांकन केही दिन पछि सारिएको छ ।

केकीको रिपोर्ट पोजिटिभ आएसँगै छायांकन सुरु हुने निर्माणपक्षले बताएको छ ।