त्रिदेशीय टि–२० अन्तर्राष्ट्रिय सिरिजको चौथो खेलमा अहिले नेपाल र नेदरल्याण्ड खेल्दैछन् ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले नेदरल्याण्डलाई जितका लागि २०७ रनको लक्ष्य दिएको छ ।
नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा २०६ रन बनाएको हो । अहिले नेदरल्याण्डले जवाफी ब्याटिङ गरिरहेको छ ।
सन्दीप लामिछानेले नेपालका लागि पहिलो विकेट लिएका छन् । दोस्रो ओभरको तेस्रो बलमा सन्दीपले म्याक्स ओडोडलाई एलबिडब्ल्यू आउट गरेका हुन् । म्याक्सले ८ बलमा ९ रन बनाएका थिए ।
विकेट लिएपनि यस ओभरमा सन्दीपले ३ चौकासहित १२ रन दिए ।