logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाङमा कोरोनाबाट पत्रकार अधिकारीको मृत्यु


अंकुरण खबर
1.222K
Shares

कोरोना भाइरस संक्रमणका कारण दाङको घोराही उपमहानगरपालिका-१७ निवासी ४० वर्षीय पत्रकार दामोदर अधिकारीको मृत्यु भएको छ ।

कोरोना भाइरसबाट संक्रमित अधिकारीको मंगलबार राति उपचारका क्रममा मृत्यु भएको हो ।

अधिकारीलाई चैत्र २७ गते कोरोना पुष्टि भएको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएर उपचार गराइरहेका पत्रकार अधिकारीको स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि काठमाडौं ल्याइएको थियो ।

काठमाडौंको करुणा अस्पतालमा उपचारका क्रममा मंगलबार राति मृत्यु भएको जनाइएको छ । अधिकारीले दाङबाट प्रकाशित पत्रिका गोरक्ष दैनिकमा काम गरेका थिए ।