वीरगञ्जको नारायणी नारायणी अस्पतालमा उपचार गराइ रहेका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सर्लाही मलङवा नगरपालिका २ निवासी ४२ वर्षका कोरोना संक्रमित पुरुषको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।
उनी हिजो (मंगलबार) मात्र अस्पताल भर्ना भएका थिए ।