logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फुटको संघारमा पुगेका बेला ओली-नेपालबीच भेटवार्ता


अंकुरण खबर
819
Shares

चरम विवादमा फसेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

पानीबारबारको अवस्थामा पुगेका ओली नेपालबीच राजधानीको मेरियट होटलमा भेटवार्ता भएको हो । भेटमा ओलीसंगै एमाले उपमहासचिव बिष्णु पौडेल पनि सहभागी भएका छन् ।

फुटको संघारमा पुगेको एमालेमा चैत दुई गतेपछि ओली र नेपालबीच पहिलो पटक छलफल भएको हो । यसअघि आजै एकलौटी ढंगले विधि विधानविपरीत काम गरेको भन्दै माधवकुमार नेपाल, भीम रावल र घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीविरूद्ध सर्वोच्च अदालतमा रिट पेश गरेका थिए ।

यता पार्टीको निर्णय विपरित अघिबढेको भन्दै ओलीले माधव नेपालसहित ४ जना नेतालाई ६ महिनाको लागि निलम्बन गरेका छन् भने, ३२ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए ।

एमालेको विवाद चरण विन्दुमा पुगेको बेला दुई नेताबीच भएको भेटघाटलाई निकै अअर्थपूर्ण रुपमा हेरिएको छ । आइसब्रेकका रुपमा हेरिएको यो भेटले कस्तो अर्थ राख्ला त्यो भने आम चासोको विषय रहेको छ ।