logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र मलेसिया खेल्दै


अंकुरण खबर
1.053K
Shares

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेपाल र मलेसियाबीचको खेल अपराह्न सवा १ बजेबाट सुरु हुनेछ ।

मलेसियाविरुद्ध मैदान उत्रदा नेपाल सहज जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपालले मलेसियालाई ९ विकेटको पराजित गरेको थियो । नेपाल सिरिजको फाइनलमा पुगिसकेको छ भने मलेसिया लिगबाट बाहिरी सकेको छ ।

तर, अन्तिम खेलमा नेपाललाई हराएर मलेसिया सिरिजको सुखद अन्त्य गर्न चाहन्छ । सिरिजको फाइनल खेलमा नेपालले पर्सी नेदरल्यान्ड्ससँग खेल्नेछ । सिरिजको ३ खेलमा मलेसियाले जम्मा १ अङ्क जोडेको छ ।

नेदरल्यान्ड्स ४ खेलमा ५ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ भने नेपाल ३ खेलमा ४ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ ।