त्रिकोणात्मक टी-ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत अहिले भइरहेको मलेसियाविरुद्धको खेलमा नेपालका कप्तान ज्ञानेन्द्र मल्ल ४१ रन बनाएर आउट भएका छन् ।
टोलीले ११ ओभरमा एक सय ६ रन जोडेको अवस्थामा उनी दोस्रो विकेटका रुपमा क्याच आउटको शिकार भए । ज्ञानेन्द्रले २५ बलमा चार छक्का र एक चौका प्रहार गरे। उनले आसिफ शेखसँग दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गरेका थि ए।
१२ औँ ओभरमा ज्ञानेन्द्र मात्र होइन आसिफ पनि आउट भए । आसिफले ४२ रन बनाए। उनले ३२ बलमा तीन छक्का र तीन चौका प्रहार गरे। त्यसअघि कुशल भुर्तेल १६ रनमा आउट भए । उनले अघिल्ला तीनवटै खेलमा अर्धसतक बनाएका थिए ।
नेपालले १२ ओभरमा तीन विकेट गुमाएर एक सय १२ रन जोडेको छ ।