logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओली-नेपालद्वारा होटल मेरियटबाट नवनिर्मित धरहराको अवलोकन


अंकुरण खबर
949
Shares

नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको भेटवार्ता जारी छ ।

काठमाडौंस्थित होटेल मेरियटमा जारी भेटवार्ता सकारात्मक भएको बुझिएको छ । दुवै नेताले भेटघाट कक्षको झ्यालबाट सुन्धरामा नवनिर्मित धरहारको दृश्यवालोकन गरेका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ओली र नेता नेपालले धरहारको दृश्यावलोकन गरेको तस्विर सामाजिक सञ्जाल ट्विटरमार्फत सार्वजनिक गरेका छन् ।

उनले लेखेका छन्- “प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं सांसद माधवकुमार नेपाल संयुक्त रूपमा नागपोखरीस्थित मेरियट होटलको भेटघाट कक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गर्नुहुँदै” ।