logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनमा कोरोना संक्रमित महिलाको मृत्यु


अंकुरण खबर
2.093K
Shares

कोरोना भाइरसका कारण एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रत्ननगर नगरपालिका-२ की ३९ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ ।

निमोनियको समस्याका कारण वैशाख ७ गते पुरानो मेडिकल कलेजमा भर्ना भएकी उनको उपचारका क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो ।

अस्पताल भर्ना भएकी उनमा वैशाख ९ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो। कोभिड सङ्क्रमण पुष्टि भएसँगै उनी चितवन मेडिकल कलेजको कोभिड सघन उपचार कक्षमा भर्ना भएकी थिइन्।