सगरमाथा आरोहीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
नर्वेका सगरमाथा आरोही एर्लेन्ड नेसलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
नर्वेका आरोही नेसलाई कोरोना भाइरसको कारण आठ दिन अस्पतालको आइसोलेसनमा राखिएको थियो । नेसका अनुसार उनको आरोहण टोलीमध्ये एक शेर्पा आरोहीलाई पनि कोरोना संक्रमण भएको थियो।
नेसलाई भाइरस कहाँबाट सर्यो भन्ने थाहा छैन तर खुम्बु उपत्यकाको छेउमा रहेको चिया पसलबाट सरेको हुनसक्ने उनको शंका छ ।
अप्रिल २२ मा स्वास्थ्य जाँच गरेपछि नेसको कोरोना रिर्पोट नेगेटिभ आइसकेको छ ।
गत वर्ष कोरोना महामारीको कारण बन्द भएको सागरमाथा हिमालको आरोहण दुई साता पहिले खुलेपछि सागरमाथा आरोहीको संख्या बढेको छ।